Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाले थप १९० जनाको मृत्य, ८३०५ जनामा कोरोना पुष्टि

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, १७ : ४१ मा प्रकाशित

कोरोनाले थप १९० जनाको मृत्य, ८३०५ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६ सय ९५ जनाको पीसीआर परीक्षणमा ८ हजार २ सय २७ जना र  ३ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ७५ जना गरी ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ९० जना संक्रमितको मृत्यू भएको छ, भने ६ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।  हाल सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार ८ सय ५२ जना रहेको छ । 

बुधबार देशभर ८ हजार १ सय ७३ जना संक्रमित थपिएका थिए, भने ७ हजार ९ सय ८९ जना निको भएका थिए । यस्तै, मृतकको संख्या २ सय ४६ जना रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको