Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफको आईपीओलाई रेटिङ कति ?

अर्थ संसार

शुक्रबार, ०७ जेठ २०७८, १० : ५७ मा प्रकाशित

युनियन लाइफको आईपीओलाई रेटिङ कति ?

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीकाे समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । याे रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ । हालसम्म कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिइसकेकाे छैन । सेबाेनमा निवेशन पेश गरी त्यहाँबाट स्वीकृती पाएपश्चात कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रूपैयाँ रहेको छ ।  साधारण सेयर (आईपीओ) निष्कासन गरे पश्चात कम्पनीकाे चुक्ता पूँजी २ अर्ब नाघ्नेछ । बीमा समितिको निर्देशन अनुसार चुक्तापूँजी २ अर्ब पुर्याउनुपर्ने भएकाले कम्पनी आईपीओ निष्कासन गर्ने तयारीमा जुटेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको