Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

मंगलबार, ०५ साउन २०७८, १४ : ०२ मा प्रकाशित

युनियन लाइफले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले यस कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा  नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू प्रभु क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

कम्पनीले हालै मात्र अर्थात् असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म साधारण सेयर (आईपीओ) निष्कासन गरेकाे थियाे । उक्त साधारण सेयर (आईपीओ) काे बाँडफाँड असार ३१, बिहीबार नै भइसकेकाे छ । दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीकाे काराेबार अब छिट्टै नै सुरू हुनेछ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को  प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ १३ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३४५ रुपैयाँ ३९ पैसा हुन्छ । कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ ।

युनियनल लाइफ इन्स्योरेन्स, कम्पनी ऐन २०६३ अन्तर्गत स्थापना भई बीमा ऐन २०४९, बीमा नियमावली २०४९ बमाेजिम जीवन बीमा व्यवसायको कारोबार गर्ने कम्पनी हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ र प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा पुग्ने प्रक्षेपण गरेकाे छ । 

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राेलाप्रथाबाट वितरण गर्दा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ता सेयर हात पारेका थिए । बाँकी १५ लाख ३२ हजार २ सय ९९ आवेदकको भने हात खाली भएकाे थियाे ।

कम्पनीकाे आईपीओमा कुल २१ लाख ८२ हजार ७ सय ७५ आवेदन परेकाेमा दाेहाेराे आवेदनका कारण ४ हजार ८ सय एक जना आवेदककाे आवेदन रद्द भएकाे छ । त्यस्तै अन्य कारणले ६५ हजार एक सय ७५ जना आवेदककाे आवेदन अन्य कारणले रद्द भएकाे छ । २१ लाख १२ हजार ७ सय ९९ जना याेग्य आवेदक रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको