Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको विज्ञप्तिमाथि लगानीकर्ता संघहरुको प्रतिक्रिया, कसले के भने ?

अर्थ संसार

शुक्रबार, ०७ जेठ २०७८, १८ : ५० मा प्रकाशित

धितोपत्र बोर्डको विज्ञप्तिमाथि लगानीकर्ता संघहरुको प्रतिक्रिया, कसले के भने ?

नेपालको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बिभिन्न सामाजिक सञ्जार र मिडियाहरुमार्फत सेयरलाई प्रभावित पार्ने
व्यक्ति तथा समूहलाई कारवाही गर्ने चेतावनी दिएपछि पूँजी बजारमा सर्गर्मी बढिरहेको छ ।

अहिले कतिपय लगानीकर्ताहरुले बोर्डको यो कदमलाई सह्नाहनीय भन्दै समर्थन गरिरहेका छन् । कतिपय लगानीकर्ताहरुले भने बोर्डले व्यक्तिको अभिब्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाइरेहका छन् । 

बजारमा बोर्डको यो निर्णयले मिश्रित प्रतिक्रियाहरु पाईरहँदा विभिन्न लगानीकर्ता संघका नेताहरुले भने बोर्डको यो कदमलाई स्वागतयोग्य कदम भनेका छन् । 

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बजारलाई व्यवस्थित र मर्यादित मनाउने जिम्मेवारी बोर्डको भएकालेयो निर्णयलाई सही मान्न सकिने बताए । उनले बोर्डले आफ्नो तर्फबाट बजारको विकासका लागि र्निवाह गर्नुपर्ने भुमिका भने सन्तोषजनक नरहेको गुनासो गरे ।  

रौनियारका अनुसार नयाँ लगानीकर्ताहरुलाई सुसूचित गर्नुपर्ने हामी सबैको दायित्व भएकाले उनीहरुलाई सल्लाह दिने नाममा उनीहरुलाई भ्रमित पार्न नहुने बताए । हामीले कस्ता कम्पनीमा लगानी गर्ने भनेर लगानीकर्ताहरुलाई सिकाउने हो, कुन कम्पनीमा लगानी गर्ने भन्ने होईन । 

त्यस्तै लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले पनि बोर्डको यो कदम स्वागतयोग्य भएको बताए । बोर्डले बिगतमा पनि यस्ता निर्णहरु लिए पनि कार्यन्वयनमा भने सफल नभएको उनले बताए । बजारमा चलखेल गर्ने, हल्ला फैलाउनेहरुलाई कारवाही गर्छौं भन्नु राम्रो हो तर विज्ञप्तिमात्र निकालेर कारवाही नहुने भन्दै उनले बजारमा अनुसाशनहिनता बढाउनेहरुमाथि कारबाही हुनुपर्ने बताए । 

बोर्डले विज्ञप्तिमा कस्ता मानिसले वा संस्थाले बजारका बारेमा बिश्लेषण गर्न पाउने भन्ने योग्यता तोकेर त्यस्ता योग्यता पुग्ने व्यक्ति वा संस्थालाई बोर्डमा सूचिकृत गराएरै काम कारबाही गर्न आग्रह गरेको भए झनै राम्रो हुने अर्यालको तर्क छ ।  

अहिले धितोपत्र बोर्डले चालेको कदमलाई राम्रो मान्न सकिए पनि बजारको क्यान्सर तत्व इन्साइडर ट्रेडिङ र सेयर कर्नरिङ जस्ता बिषयलाई नियन्त्रण गर्न भने बोर्ड चुकेको बताउँछिन् नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल ।

पोखरेलले पुराना तथा अनभवी लगानीकर्ताहरुले नयाँ लगानीकर्ताहरुले ज्ञान दिनु स्वभाविक नै मान्न सकिए पनि आफूलाई स्वघोषित रुपमा शेयर बिश्लेषकको हवाला दिँदै आफूसँग भएको कम्पनी मात्र राम्रो, यसको मात्र सेयर मूल्य बढ्छ र आँफूसँग नभएको कम्पनी काम नलाग्ने, पत्तुर कम्पनी भन्दै बेच्न उक्साउनेलाई कारबाहीको दायरामा ल्याउनु राम्रो कार्य भनिन् । उनले यसको कार्यान्वयन हुने नहुनेमा भने शंका रहेको बताइन् ।

सल्लाह दिनु र लिनु दुबै लगानीकर्ता को हितको कुराको , तर बजारलाई नै प्रभावित पारेर या कुनै पनि कम्पनीलाइ नै तोकेर मुल्य माथी हुने चल्खेललाई  रोक्न को निमित्त धितोपत्र बोर्डले उक्त बिज्ञप्ती निकालेको हुनाले सहि रहेको बताउछिन् पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरी ।

अहिले सामाजिक सञ्जालमा हरकोहि ले आफ्नो धारणा राख्न सक्छ्न तर कुन को कति सहि र गलत भन्ने कुरा मा चाहिँ बोर्डले ध्यानाकर्षण गर्न जरुरी छ त्यो बाहेक पुजिबजार को बिकास र बिस्तारका लागि नियमक निकाय स्वयंम आफुले लगानीकर्ता सचेतना मुलक कार्यक्रमहरुको आयोजना गरेर सुसूचित गर्न सकिने बताउछिन् चौधरी । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको