Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि, १७७ जनाको मृत्यु

अर्थ संसार

शुक्रबार, ०७ जेठ २०७८, १७ : ३९ मा प्रकाशित

शुक्रबार थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि, १७७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३ सय ५३ जनाको पीसीआर परीक्षणमा ८ हजार ४ सय ७ जना र  ८ सय ७३ जनाको एन्टिजेन परीक्षणमा २ सय जना गरी ८ हजार ६ सय ७  जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या ४ लाख ९७ हजार ५२  पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ७७ जना संक्रमितको मृत्यू भएको छ, भने ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन् ।  हाल सक्रिय संक्रमितको संख्या एक लाख १६ हजार १ सय ९२ जना रहेको छ । 

बिहिबार देशभर ८ हजार ३ सय ५ जना संक्रमित थपिएका थिए, भने ६ हजार ५ सय ४३ जना निको भएका थिए । यस्तै, मृतकको संख्या १ सय ९० जना रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको