Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार कोरोना संक्रमणबाट १२९ जनाको मृत्यु ८८४८ जना संक्रमणमुक्त

अर्थ संसार

शनिबार, ०८ जेठ २०७८, १७ : ५७ मा प्रकाशित

शनिबार कोरोना संक्रमणबाट १२९ जनाको मृत्यु ८८४८ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३ सय ३५ जनाको पीसीआर परीक्षणमा ८ हजार ५ सय ९१ जना र  ७ सय ४८ सय जनाको एन्टिजेन परीक्षणमा ३ सय ८९ जना गरी  ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय २९ जना संक्रमितको मृत्यू भएको छ, भने ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएका छन् । 

शुक्रबार देशभर ८ हजार ६ सय ७ जना संक्रमित थपिएका थिए, भने ७ हजार ८ सय ९० जना निको भएका थिए । यस्तै, मृतकको संख्या १ सय ७७ जना रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको