Like us!
Follow us!
Connect us!
Watch us!

महँगीको मारमा सर्वसाधारण, कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि !

अर्थ संसार

आइतबार, ०९ जेठ २०७८, ०७ : २३ मा प्रकाशित

महँगीको मारमा सर्वसाधारण, कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि !

अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो । सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए ! तर, भयो उल्टो । यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले यसपालि साबिकभन्दा बढाएका छन् ।

गाउँमा किसानले मूल्य पाएका छैनन् । तरकारी कुहेका र फालिएका छन् । कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन् ! यसको वास्तविक अनुगमन भएको भने पाइएको छैन । 

खाद्यान्न र अन्य उपभोग्य वस्तुको हालत उस्तै छ । महामारीलाई दुरुपयोग गर्दै सबैजसो सामानको अस्वाभाविक र असामयिक मूल्य बढेको छ । बजारमा अहिले माग घटेको छ । यस्तो अवस्थामा मूल्य घट्नुपर्ने हो । 

तर, अत्यधिक नाफा खाने मोहमा झन् बढाइएको छ । यो छाडापनमा राज्य भने मौन बसेको छ । महामारीका कारण उत्पन्न संकटलाई मौकाको फाइदा उठाउँदै कार्टेलिङ र कालोबजारीका कारण मूल्य र गुणस्तरमा सर्वसाधारण ठगिनुका साथै महँगीको मारमा परेका हुन् । निषेधाज्ञापछि स्वास्थ्य उपचार, औषधि, दैनिक उपभोग्यका सामग्री खाद्यान्न, इन्धन, तरकारीलगायतमा चर्को मूल्यवृद्धि गरी आम उपभोक्तालाई सकेसम्म यस्ता समूहले उखु निचोरेजस्तै निचोरेका छन् । सरकारको कमजोर नीतिका कारण बजारमा यस्तो अवस्था सिर्जना भएको उपभोक्तावादीहरूले औंल्याएका छन् । 

स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना हुने बिरामीबाट हजारौंदेखि लाखौं रुपैयाँसम्म स्वास्थ्य संस्थाले असुल गर्दै आएका छन् ! नक्कली औषधिमा सक्कली औषधिको लेबल लगाएर बिक्री वितरण हुँदै आएको छ । औषधिको कृत्रिम अभाव सिर्जना गरी ५ हजार पर्नेलाई २५ हजारदेखि ५० हजार रुपैयाँसम्म असुल गर्ने क्रम रोकिएको छैन ।  यस्तै कालोबजारी र कार्टेलिङको अवस्था दैनिक उपभोग्य वस्तुतर्फ पनि सिर्जना भएको छ । कोभिडका कारण महामारी फैलिएर संकट निम्तिएको समयमा व्यापारीले मिलोमतो गरी दैनिक उपभोग्य वस्तुतर्फ ५ देखि २५ प्रतिशत मूल्यवृद्धि गरेका छन् ! टोलटोलमा भएका स–साना खुद्रा पसलले आफूखुसी अतिरिक्त मूल्य थप गरी दैनिक उपभोग्य वस्तु बिक्री गरेका कारण संकटको समयमा आम उपभोक्ता ठगिएका छन् ।

महामारीका कारण अधिकांश सर्वसाधारणको आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिकाबीच नेपालीको भान्छा यो मूल्यवृद्धिले निक्कै महँगिएको छ । पछिल्लो समयमा भान्छामा अत्याधिक प्रयोग हुने चामल, दाल, गेडागुडी, खानेतेल, चिनी, पेट्रोलियम पदार्थलगायतमा चर्को मूल्यवृद्धि भएको छ । यस्तै हरियो ताजा तरकारीको मूल्य पनि अचाक्ली रूपमा बढेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको