Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको लिलामी सेयर भर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, ०९ जेठ २०७८, ०९ : ५७ मा प्रकाशित

एशियन लाइफको लिलामी सेयर भर्ने आज अन्तिम दिन

महालक्ष्मी विकास बैंक लिमिटेडकाे स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयर भर्ने आज (जेठ ९ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले कम्पनीकाे एक लाख ६६ हजार ७ सय ५७ कित्ता संस्थापक समूहकाे सेयरहरू वैशाख २६ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । उक्त सेयरकाे न्युनतम मूल्य ६ सय ९८ रूपैयाँ ताेकिएकाे छ । 

लगानीकर्ताले आजसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको