Like us!
Follow us!
Connect us!
Watch us!

इजी ट्याक्सीको निशुल्क शिक्षा तथा राहत कार्यक्रम

अर्थ संसार

सोमबार, १० जेठ २०७८, १७ : ०२ मा प्रकाशित

इजी ट्याक्सीको निशुल्क शिक्षा तथा राहत कार्यक्रम

राइड शेयरिङ्ग कम्पनी इजी ट्याक्सी नेपालले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका स्वरोजगार व्यवसायी तथा ट्याक्सी चालक मजदूरहरुको परिवारको लागि निशुल्क शिक्षा सामाग्री तथा राहत कार्यक्रमको घोषणा गरेको छ ।

दोस्रो एम्बुलेन्सको रुपमा काम गरिरहेका उपत्यकामा सञ्चालनमा रहेका ट्याक्सीहरुको व्यवसाया व्यवस्थित र मर्यादित तथा समय सापेक्षरुपमा सञ्चालन गर्नको लागि सक्रिय रहेको यस इजि ट्याक्सीले अहिलेको अवस्थामा राहत कार्यक्रम ल्याएको हो ।

कोरोना भाइरसको महामारीले यो व्यवसाय हालको समयमा उठ्न नसक्ने गरि एकदमै धरासायी अवस्थामा पुगेको छ । यस्तो अवस्था हुँदाहुँदै केहि  स्वरोजगार तथा मजदूर चालकहरुको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

यस दुखद घडीमा उनीहरुको परिवालाई केही सहयोग पुर्याउने उद्धेश्यले परिवारको एकजना बालबालिकालाई दश कक्षासम्मको पढाई खर्च व्यहोरी सहयोग गर्ने इजी ट्याक्सी नेपालका सञ्चालक संजीत पौडेलले बताए । कोही बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस् भन्नको लागि यस प्रकारको सहयोग गरिएको उनी बताउँछन् ।

यसका साथै, यस कोरोना महामारीले गर्दा आफ्नो दैनिक जिवनयापन गर्न समस्या परेकाहरुका लागि सहयोग पुर्याउने उद्धेश्यले कोरोना राहत कार्यक्रम पनि सञ्चालन गरिएको छ । यस प्रकारको सेवा लिनको लागि इजी ट्याक्सी नेपालको वेभसाइटमा गएर नाम ठेगाना, फोन नम्बर राख्नुपर्ने हुन्छ ।

इजी ट्याक्सी नेपालले यस भन्दा अगाडी पनि चालकहरुको कोरोना बीमा, सवारी साधनको बीमामा छुटको व्यवस्था, मृतक चालकको परिवारलाई आर्थिक सहयोग लगायत अन्य थुप्रै राहत तथा आर्थिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको