Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार ७४२५ जनामा कोरोना संक्रमण पुष्टि, १८५ जनाको मृत्यु

अर्थ संसार

सोमबार, १० जेठ २०७८, १७ : ३४ मा प्रकाशित

सोमबार ७४२५ जनामा कोरोना संक्रमण पुष्टि, १८५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४ सय २५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षणमा ७ हजार २ सय २० जना र ६ सय ७ जनाको एन्टिजेन परीक्षणमा २ सय ५ जना गरी कुल ७ हजार ४ सय २५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हो । 

यसैगरी, मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ८५ जना संक्रमितको मृत्यू भएको छ । यस्तै,  बितेको २४ घण्टामा ७ हजार १ सय ३५ जना कोरोना जितेर फर्किएका छन् ।

आइतबार देशभर ७ हजार ९ सय १४ जना संक्रमित थपिएका थिए, भने ७ हजार ६ सय ६४ जना निको भएका थिए । यस्तै, मृतकको संख्या १ सय ९३ जना रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको