Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि निषेधाज्ञा उल्लङ्घन गर्नेलाई एक वर्ष कैद वा ५ लाख सम्म जरिवाना

पत्रपत्रिका

मंगलबार, ११ जेठ २०७८, ०७ : ०७ मा प्रकाशित

आजदेखि निषेधाज्ञा उल्लङ्घन गर्नेलाई एक वर्ष कैद वा ५ लाख सम्म जरिवाना

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।  

मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो । 

निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना  वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान  छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९  नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा   कैद सजाय दुवै हुन सक्ने बताए ।   

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको