Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञा लगानीको उत्तम अवसर : घरमै बसी बसी कसरी गर्ने सेयर काराेबार ?

अर्थ संसार

मंगलबार, ११ जेठ २०७८, १० : ३७ मा प्रकाशित

निषेधाज्ञा लगानीको उत्तम अवसर : घरमै बसी बसी कसरी गर्ने सेयर काराेबार ?

नेपाली सेयर बजारमा पछिल्लाे समय नयाँ लगानीकर्ताहरू थपिने क्रम बढ्दै गइरहेकाे छ । अझ सेयर कारोबार अनलाइनमार्फत् नै गर्न मिल्ने भएपछि लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका देखिन्छन् । 

हाल मुलुकभर फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमणकाे जाेखिम न्यूनिकरण गर्न नेपाल सरकारले निषेधाज्ञा लागू गरेकाे छ । साेही कारण लगानीका अन्य क्षेत्रहरू ठप्प छन् । यस्ताे अवस्थामा सेयर बजार लगानी गर्ने लगानीकर्ताहरूका लागि उत्तम विकल्प तथा अवसर बनेकाे छ । 

बजेटमा पूँजी बजारः के चाहन्छन् लगानीकर्ताका नेता ?

प्रविधिकाे कारणले गर्दा अहिले घरमै बसी-बसी सेयर काराेबार गर्न सकिने भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धेरै पहिले अनलाइन कारोबार प्रणालीकाे शुरुवात गरेकाे त हामी सबैलाई यथावत नै छ । घरमै बसीबसी सेयर काराेबार गर्ने सबैको चाहाना हुन्छ तर यसबारे ज्ञान नहुँदा धेरैलाई समस्या पर्ने गरेको छ । त्यसैले आज हामी यहाँ घरमै बसीबसी सेयर काराेबार कसरी गर्ने भन्नेबारे कुरा गर्नेछाैँ ।

नयाँ लगानीकर्ताहरूका लागि सुरूमा केही सामान्य कुराहरूकाे जानकारी दिनेछाैँ । 

सरकार तथा कम्पनीहरुले आफूलाई आवश्क पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार नै सेयर हो । आइपिओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि सेयरका उदारणहरु हुन् । सेयरलाई धितोपत्र पनि भन्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो । अब कुरा गरौं सेयर बजारको । सामान्य अर्थमा भन्नुपर्दा हामीले भरखरै कुरा गरेको सेयर किनबेच हुने बजारलाई नै सेयर बजार भनिन्छ । जसरी तरकारी किनबेच गरिने ठाउँलाई तरकारी बजार भनिन्छ, त्यसरीनै सेयर किनबेच गर्ने ठाउँलाई सेयर बजार भनिन्छ । कुनै पनि व्यक्तिले कुनै पनि कम्पनीको स्वामित्व बेच्न वा किन्न चाहेमा त्यही बजार बाट बेच्न वा किन्न सकिन्छ । नेपालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर कारोबार गाउने गर्दछ । नेप्से नै नेपालको एकमात्र सेयर बजार हो ।

ग्लोबल आईएमई बैंकः लाभांशमा अब्बल, सेयर मूल्य सस्तो

नयाँ लगानीकर्ताहरूले आईपीओ भर्दा के-के चाहिन्छ ?

१. बैंक खाता (खाता)

२. हितग्राही खाता (DEMAT)

३. सी-आस्वा

बैंक खाता कसरी खोल्ने ?

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीडीएस एण्ड क्लियरिङ कम्पनीको सदस्यता लिएर निश्चित मापदण्ड पूरा गरी निक्षेप सदस्य (डिपी) को काम गरीरहेको बैंकमा गएर निक्षेप खाता खोल्न सकिन्छ ।

डिम्याट खाता कसरी खोल्ने ?

सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैंकमा खाता खोलेर जम्मा गर्नुलाई सेयर भौतिकीकरण अथवा डिम्याट गर्नु भन्छि । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । बैंक खाता खोलिसकेपछि बैंकलाई नै डिम्याटको र्फम माग्नुपर्ने हुन्छ र त्यो फर्म भरेर बुझाएको एक हप्ता भित्रमा बैंकले डिम्याट अकाउन्ट उपलब्ध गराउँछ ।

Nepse कै website बाटै लिन सकिन्छ महत्त्वपूर्ण सूचना।सेयर लगानीकर्ताले जान्नै पर्ने कुरा

सी-आस्वा फर्म कसरी भर्ने ?

सी-आस्वा अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यमबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सी-आस्वा प्रणली भनिन्छ । यसको पनि फर्म भर्न बैंकमा गएर भर्नु पर्छ । त्यसपश्चात बैंकले एउटा सीआरएन नम्बर दिन्छ । त्यसैगरी घरमै बसी-बसी अनलाइनबाट आइपिओ भर्नका लागि हामीलाई मेरो सेयर चाहिन्छ ।

कसरी खोल्ने मेरो सेयर ?

मेरो सेयरको फर्म बैंकमा पाइन्छ । बैंकमा गएर मेरो सेयरको फर्म भरेको केही दिनमा त्यसको युजर नेम र पासवर्ड आउँछ ।

प्राथमिक बजारकाे बारेमा त हामीले बुझिहाल्याैँ । अब दाेश्राे बजारमा सेयर काराेबार गर्नु अगाडि लगानीकर्ताहरूले सम्पन्न गर्नुपर्ने केही प्रकृयाहरू हुन्छन् । सर्वप्रथम तपाइँले ब्राेकर कम्पनीबाट ब्राेकर खाता खाेल्नुपर्छ ।

को हुन् ब्रोकर कम्पनी ?

ब्रोकर भनेका धितोपत्र बोर्डबाट सेयरको कारोबार गर्न इजाजत प्राप्त संस्था हुन् । जसलाई धितोपत्र व्यवसायी पनि भनिन्छ । लगानीकर्ता र कम्पनीबीचको पुलको काम गर्ने निकायलाई ब्रोकर भनिन्छ । तपाईँहरुलाई जहाँ पायक पर्छ, त्यहीको राम्रो ब्रोकर कम्पनीबाट सेयर खरिदबिक्री गर्न सक्नुहुन्छ। ब्रोकर कम्पनी  छनौट गर्दा राम्रो, अहिलेसम्म कुनै कारबाहीमा नपरेको कम्पनी छान्नुहोला ।

दोस्रो बजारमा सेयर कारोबार गर्नुु पुर्ब जान्नै पर्ने सुत्र

कसरी खोल्ने ब्रोकर खाता ?

ब्रोकर कम्पनीकाे वेभसाइटमा गएर ग्राहक खाता खोल्ने । ग्राहक खाता खोल्न नागरिकताको प्रतिलिपी, फोटो, कारोबार गर्ने बैंक खाता नम्बर र डिम्याट खाता नम्बर चाहिन्छ । त्यसैगरी, ब्राेकर खाता खाेल्न KYC पनि चाहिन्छ । KYC तपाइँले ब्राेकरकाे वेभसाइटमा गएर सजिलै खाेज्न र डाउनलाेड गर्न सक्नुहुनेछ । त्यसपछी यी सबै कागजात स्क्यान गर्नुपर्छ । ब्राेकर अफिस छनाेट गरी यी सबै कागजात तयार पारेपछि https://nepsetms.com याे लिङ्कमा क्लिक गर्नुपर्छ । यहाँ तपाइँले विभिन्न ब्राेकरहरू देख्नुहुन्छ । तपाइँले तपाईँहरुलाई जहाँ पायक पर्छ, त्यहीको राम्रो ब्रोकर कम्पनी छनाेट गर्न सक्नुहुन्छ । जुन ब्राेकरबाट खाता खाेल्ने हाे त्यही ब्राेकरकाे लिङ्कमा थिच्नुहाेस् । त्यसपछि तपाईँकाे प्रकृया अघि बढ्छ । 

ब्राेकरकाे लिङ्क खुलेपछि Register भन्ने बटनमा थिच्नुपर्छ । त्यहाँबाट Online Registration Form सजिलै भर्न सकिन्छ । उक्त फर्ममा तपाईँले साधारण कुराहरू भर्नुपर्छ जस्तै : नाम, माेबाइल नम्बर, ठेगाना, प्यान नम्बर, इमेल आइडी, बैंककाे डिटेल्स, हितग्राही खाता नम्बर, आदि । यी सबै कुराहरू भरेर त्यहाँ मागे अनुसार आफ्नाे कागजात अपलाेड गरेपछि फर्म समिट हुन्छ । यसकाे लागि कुनै चार्ज लाग्दैन ।

यो खाता खोलेपश्चात् तपाइँले Manually कारोबार गर्न सक्नुहुन्छ । ब्रोकर खाता भएपछि तपाइँले ब्रोकरसँगको सम्पर्कमा आफूसँग भएको सेयर बिक्री गर्न सक्नुहुन्छ ।

कसरी टिएमएस सेवा लिने ?

घरमै बसीबसी अनलाइनमार्फत सेयर कारोबार गर्नका लागि टिएमएस सेवा पनि लिनुपर्नेहुन्छ । Trade Management System नामक यो सेवा तपाइँले ब्रोकरकोबाट खोल्नुपर्छ । सर्वप्रथम ब्रोकरसँग एउटा सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्छ । सम्झौता भएपछि ब्रोकरले तपाइँलाई टिएमएसको एउटा URL उपलब्ध गराउँछ । त्यो URL थिचेर तपाइँले युजर नेम हालेपछि पासवर्ड परिवर्तन गर्नुपर्छ । त्यसपछी आफ्नो नयाँ पासवर्ड र ब्रोकरले दिएको युजर नेमबाट तपाइँले टिएमएस लगइन गर्न सक्नुहुन्छ ।

पहिला पहिला ब्रोकर कार्यालयमा गएर मौखिक वा लिखितरुपमा सेयर खरिद वा बिक्रीको आदेश दिएपछि मात्रै सेयर कारोबार हुन्थ्यो । तर टीएमएस आइसकेपछि यो सेवा लिएका लगानीकर्ताले ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता छैन । लगानीकर्ताले घर, कार्यालय वा आफू बसेकै ठाउँबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका डिभाइसमा लगइन गरी सेयर कारोबार गर्न सक्छन् ।

टिएमएसबाट कसरी काराेबार गर्ने ?

टीएमएस लगइन भइसकेपछि सर्वप्रथम आफ्नाे काेल्याट्रल लाेड गर्नुपर्ने हुन्छ । काेल्याट्रल बिना हामीले कुनैपनि कम्पनीकाे सेयर खरिद गर्न सक्दैनाैँ । काेल्याट्रल भनेकाे हामीले यदि कुनैपनि सेयरकाे खरिद अर्डर दियाैँ भने अनि भाेली त्याे सेयर किनेनाैँ वा किनेकाे सेयरकाे पैसा तिरेनाैँ भने काेल्याट्रल मार्फत् जम्मा गरिएकाे २५ प्रतिशत रकमबाट जरिवाना काट्दछन् । ब्राेकरहरूले आफ्नो सुरक्षाकाे लागि काेल्याट्रल माग गर्दछन् । त्यसैले, काराेबार सुरू गर्नुअघि हरेक लगानीकर्ताले काेल्याट्रल व्यवस्थापन गर्नुपर्दछ ।

हामीले सेयर किन्नुअघि काेल्याट्रल लाेड गर्नुपर्दछ । यदि एक लाखकाे सेयर खरिद गर्ने हाे भने २५ हजार रूपैयाँ बराबरकाे रकम काेल्याट्रलका रूपमा जम्मा गर्नुपर्दछ । तपाईँले कनेक्ट आइपीएसमार्फत् टीएमएसमा कोल्याट्रर लोड गर्न सक्नुहुन्छ । कोल्याट्रलरमा जति रकम देखिन्छ त्यसको चार गुणासम्म रकमको सेयर तपाईले खरिद गर्न सक्नुहुन्छ । जस्तै तपाईंको कोल्याट्रलमा २५ हजार रुपैयाँ छ भने तपाईंले १ लाख रुपैयाँसम्मको सेयर खरिद गर्न पाउनु हुन्छ ।

सेयर बेचेपछि समयमा EDIS नगरे पेनाल्टी, कसरी गर्ने EDIS ? WACC कसरी गर्ने ?

सेयर खरिद कसरी गर्ने ?

टीएमएसबाट सेयर खरिद गर्नका लागि सर्वप्रथम "Order Management" भन्ने अप्सनमा जानुपर्छ । त्यसपछि Buy/Sell मा क्लिक गर्ने । त्यसपश्चात् सेयर किन्ने की बेच्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । सेयर किन्ने हाे भने Buy तर्फ क्लिक गर्ने यदि बेच्ने हाे भने Sell मा क्लिक गर्ने । सेयर खरिद गर्दा बाइ अर्डरमा गएर कम्पनीको नाम, खरिद गर्न चाहेको कित्ता र मूल्य राखेर समिट गर्न सकिन्छ । तपाईंले टिएमएस मार्फत खरिद अर्डर गरी सेयर खरिद गरेसँगै धितोका रुपमा राखिएका कति रकम खर्च भयो भन्ने देखिन्छ ।

सेयर कसरी बेच्ने ?

यसैगरी, टीएमएसबाट सेयर बिक्री गर्नका लागि Sell मा क्लिक गरेर कम्पनीको नाम, बिक्री गर्न चाहेको सेयरको मात्रा र मूल्य लेखेर बिक्री गर्न सक्नुहुन्छ । यसरी बिक्री भए वा नभएको तत्कालै देख्न सकिन्छ । यसरी सेयर मूल्य राख्दा तत्कालको मूल्यभन्दा अधिकतम र न्यूनतम २ प्रतिशतसम्म राख्न सकिन्छ ।

सेयर किनेकाे रकम कसरी तिर्ने ?

यसका लागि "Fund Settelement" भन्ने अप्सनमा जानुपर्छ । सेयर किन्नु पनि भएकाे बेच्नु पनि भएकाे छ भने "Net Information" मा जानुपर्छ । यदि सेयर किनेकाे मात्रै हुनुहुन्छ भने "Buy Information" मा गएर सेयरकाे पैसा तिर्न सकिन्छ । सेयर खरिद गरेकाे एक दिन भित्रमा (अर्थात् आज किन्नु भएकाे छ भने भाेलि) भुक्तानी गरिसक्नुपर्छ । सेयर किने बराबरकाे रकम हामीले कनेक्ट आइपीएसमार्फत् नै भुक्तानी गर्न सक्नेछाैँ ।

यदि सबै कुराहरू जानिसकेपछि तपाईँले घरमै बसी-बसी मज्जाले सेयर काराेबार गर्न सक्नुहुन्छ ।

याे पनि हेर्नुहाेस् :

टिएमएसबाट सेयर बजारमा कसरी सेयर कारोबार गर्ने ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको