नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अपरान्ह देउवा निवास महाराजगञ्जमा भेटवार्ता गरे । उनीहरूबीच हालको राजनीतिक परिस्थिति तथा संसद पुनःस्थापना सम्बन्धी विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। लामो समयपछि भएको यो भेटमा देउवाकी पत्नी डा. आरजु राणा र ओलीकी पत्नी राधिका शाक्य पनि सहभागी थिए । जेनजी आन्दोलनपछि सत्ताबाट हटेपछि दुवै पूर्व प्रधानमन्त्रीबीच भएको यो पहिलो अनौपचारिक भेटवार्ता मानिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस