Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकः लाभांशमा अब्बल, सेयर मूल्य सस्तो

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, ०० : ०० मा प्रकाशित

ग्लोबल आईएमई बैंकः लाभांशमा अब्बल, सेयर मूल्य सस्तो

पूँजीका आधारमा अहिलेसम्मको सबैभन्दा ठूलो बाणिज्य बैंक हो ग्लोबल आइएमइ बैंक । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक नगाभिए सम्म देशको ठूलो बैंकको पगरी ग्लोबल आइएमइसँगै रहने छ । 

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । 

ग्लोबल आइएमइ बैंकले चालु आर्थिक वर्षको चैत्त मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ८७ करोड ५६ लाख रुपैयाँले बढेको हो । प्रतिसतमा हिसाव गर्दा यो बृद्धि ३२.४० प्रतिशत हुन आउँछ। मुनाफाको हिसावले ग्लोबल आइएमइलाइ नबील बैंकले मात्र उछिनेको छ । 

बैंकको वित्तीय अबस्था

बैंकको पछिल्लो वित्तीय अबस्थालाइ हेर्दा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५ पैसा छ। गत आर्थिक वर्षको चैत्त मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९९ पैसा थियो । यस हिसाबले हेर्दा बैंकले गत बर्षको तुलनामा लाभांश बढ्ने देखिन्छ । बैंकले गत बर्ष १४ प्रतिशत बोनस सेयरसहित १६ प्रतिशत लाभांश दिएको थियो । 

बैंककोे चालु बर्षको ९ महिनामा निक्षेप २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको खुद कर्जा लगानी १ खर्ब ९८ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। 

बैंकले निस्कृय कर्जा पनि घटाउँदै लगेको देखिन्छ । गत आर्थिक वर्षको असार मसान्त १.७६ प्रतिशत रहेको निष्कृय कर्जा चैत मसान्तसम्म आइपुग्दा १।६१ प्रतिशतमा झरेको छ  ।  बैंकको आधार दर ९.४१ प्रतिशतबाट ६.४० प्रतिशतमा र स्प्रेड दर ५.१८ प्रतिशतबाट ४.१७ प्रतिशतमा झरेको छ।

ग्लोबल आइएमई विदेशमा समेत सेवा दिने बैंक हो । बैंकका ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४७ एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत करिब ८०० सेवा केन्द्र छन् । 

सेयर बजारमा ग्लोबल आइएमइ

सेयर बजारमा ग्लोबल आइइमइ बैंकको अबस्थालाइ हेरौं । बैंकका २१ करोड ६३ लाख २५ हजार ३० कित्ता सेयर नेप्सेमा सूचिकृत छन् । बैंकको सेयर एक बर्षयता अधिकतम ५२२ रूपैयाँ र न्युनतम २११ रूपैयाँमा कारोबार भएको छ । पछिल्लो १२० दिनको औषत मूल्य ३९४ रूपैयाँ रहेको छ । भोलुमको आधारमा हेर्दा पनि ग्लोबल आइएमइ बैंक दैनिक अधिक कारोबार हुने कम्पनीमा पर्दै आएको छ ।

कम्पनीको मूल्यलाइ एक छिन नियालौं । बैंकको सेयर मूल्य फागुन ६ गते अधिकतम ५२२ रूपैयँ पुपैयाँ पुगेको थियो । त्यसयता कम्पनीको सेयर मूल्य निरंतर ओरालो लागेर अहिले प्रतिकित्ता ४४० को हाराहारीमा छ । कम्पनीको मूल्य आम्दानी अनुपात (पिइ रेसियो) १९.८० छ । यो भनेको कम्पनीमा लगानी गर्न जोखिम छैन भन्ने हो । पिइ रेसियो १५ भन्दा कम भएको लागि लगानीका लागि निकै उत्तम मानिन्छ । पिइ २० सम्मलाइ जोखिम नभएको सेयर मानिन्छ । 

नबिल र ग्लोबलको टक्कर,एनआईसी एशिया आक्रमक !

लाभांशको इतिहास

कम्पनीको लाभांशको इतिहास हेर्ने हो भने पनि ग्लोबल आइएमइ बैंकलाइ उत्कृष्ट मान्न सकिन्छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०७५/७६ मा २५ दशमलव ७५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसमा बोनस सेयरको हिस्सा १२ दशमलव ७५ प्रतिशत थियो । बैंकले आर्थिक वर्ष २०७४/७५ मा १६ प्रतिशत बोनश शेयर, आर्थिक वर्ष २०७३/७४ मा १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद गरी २० प्रतिशत, २०७२/७३ मा १६ प्रतिशत बोनस सेयर, २०७१/७२ मा २३ प्रतिशत बोनस सेयर, २०७०/७१ मा २१ प्रतिशत बोनस सेयर, २०७९/७० मा १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यस हिसावले आठ बर्षअघि बैंकको १ सय कित्ता सेयर किन्ने लगानीकर्ताको सेयर अहिले ३२६ कित्ता पुगेको छ । सेयरधनीले यसबीचमा २७ प्रतिशत नगद लाभांश समेत बुझिसकेका छन् । 



ग्लोबल आईएमई बैंकको ९ वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

बैंकको ब्यवस्थापन
 
ग्लोबल आइएमइ बैंकको ब्यवस्थापनलाइ हेरौं । कम्पनीको परफरमेन्स हेर्न त्यसको ब्यवस्थापनलाइ हेर्नु पर्छ । ग्लोबल आइइमइ बैंक उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको लगानी रहेका दुइ वित्तीय संस्था ग्लोबल बैंक र आइएमइ फाइनान्स गाभिएर बनेको बैंक हो । पछि सबैभन्दा धेरै संस्थापक सेयरधनी रहेका जनता बैंकसँग विग मर्जर गरेर जनता बैंकले आफ्नो आकार बढायो । त्यसबीचमा ग्लोबल बैंकमा रिलायबल फाइनान्स, हाथवे इन्भेस्टमेन्ट एण्ड फाइनान्सलगायतका साना वित्तीय संस्था गाभिएका थिए । जनता बैंकमा पनि सिद्धार्थ विकास बैंक, त्रिवेणी विकास बैंक जस्ता बलिया विकास बैंकहरू गाभिएका थिइ । 

चन्द्र ढकाल ब्यवसायमा छोटो समयमा आफूलाइ स्थापित गरेका ब्यक्ति हुन् । उनको लगानी रहेका आइएमइ रेमिटान्सले पैसा पठाउने माध्यम भनेकै आइइमइ हो भनेर स्थापित गरेको छ । चन्द्र ढकालको कम्पनीले लगानीकर्तालाइ निरास बनाउँदैन भनेर सर्वसाधारणले घाटामा गएका कम्पनीमा समेत लगानी खन्याइरहेका छन् । त्यसको उदाहरण बनेको छ चन्द्रागिरी हिल्स । उनको  लगानी रहेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको पनि बजारमा मुनाफाको तुलनामा सेयर मूल्य उच्च छ । 

ग्लोबल आइएमइ बैंक र जनता बैंक गाभिएर बनेको ग्लोबल आइएमइ बैंकको सुरूको ब्यवस्थापकीय नेतृत्व जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले गरेका थिए । उनले कार्यकाल बाँकी छँदै राजिनामा दिएपछि बरिष्ठ बैंकर रत्नराज बज्राचार्यले  ग्लोबल आइएमइ बैंक हाँकी रहेका छन् । चार दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरूको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ । वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट बज्राचार्यले यसअघि एनसीसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्व गरिसकेका छन् । 



ग्लोबल आइएमइको समग्र अबस्था हेर्दा  यसमा गरिने लगानी दीर्घकालिन रूपमा निकै फाइदा जनक हुने देखिन्छ । बैंकको  बजार मूल्य बढेर हुने मुनाफा त छँदैछ, यसले हरेक बर्ष दिने लाभांश समेत आकर्षक रहेको  छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म प्रतिसेयर आम्दानी २२ रूपैयाँभन्दा बढी रहेकाले यस बर्षको लाभांश समेत आकर्षक हुने देखिन्छ । ग्लोबल ग्लोबल आइएमइ बैंकको भन्दा कम लाभांश दिएका कम्पनीहरूको मूल्य यो भन्दा बढी छ । त्यसैले ग्लोबलको सेयर मूल्य निकै कम हो । यसको सेयर अण्डर भ्यालुको रहेकाले  मूल्य अझै उचालिने  देखिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको