Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना अपडेट : मंगलबार ८६३६ संक्रमित थपिए, १६९ जनाको मृत्यू

अर्थ संसार

मंगलबार, ११ जेठ २०७८, १७ : ५५ मा प्रकाशित

कोरोना अपडेट : मंगलबार ८६३६ संक्रमित थपिए, १६९ जनाको मृत्यू

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३ सय ६ जनाको पीसीआर परीक्षणमा ८ हजार ३ सय ८७ जना र ६ सय ३० जनाको एन्टिजेन परीक्षणमा २ सय ४९ जना गरी कुल ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हो । 

यसैगरी, मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ६९ जना संक्रमितको मृत्यू भएको छ । यस्तै,  बितेको २४ घण्टामा ६ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या एक लाख १७ हजार २ सय ६१ जना रहेका छन् । हालसम्म ५ लाख २८ हजार ८४८ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्, भने ६ हजार ७ सयको मृत्यु भइसकेको छ ।

सोमबार देशभर ७ हजार ४ सय २५ जना संक्रमित थपिएका थिए, भने ७ हजार १ सय ३५ जना निको भएका थिए । यस्तै, मृतकको संख्या १ सय ८५ जना रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको