Like us!
Follow us!
Connect us!
Watch us!

उपचारमा ढिलाइ गर्न कसैलाइ पनि छुट छैनः प्रधानमन्त्री

अर्थ संसार

बुधबार, १२ जेठ २०७८, ०८ : ०७ मा प्रकाशित

उपचारमा ढिलाइ गर्न कसैलाइ पनि छुट छैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमित उपचारमा ढिलाइ गर्ने ‘जो कसैलाई छुट नभएको’ बताएका छन् । जनजीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको उनले बताएका हुन् ।

कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समिति अध्यक्षसमेत रहेका ओलीले ‘जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न’ सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिएका छन् ।

राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको