Like us!
Follow us!
Connect us!
Watch us!

ओलीले लिए प्रधानमन्त्रीको शपथ, पुराना सबै मन्त्री दोहोरिए

अर्थ संसार

शुक्रबार, ३१ बैशाख २०७८, १५ : २० मा प्रकाशित

ओलीले लिए प्रधानमन्त्रीको शपथ, पुराना सबै मन्त्री दोहोरिए

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पुनः प्रधानमन्त्री पदको शपथ लिएका छन् ।संविधानको धारा ७६(३) अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

राष्ट्रपति भण्डारीले धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेको समयसीमाभित्र कुनै पनि दाबी नपरेपछि ओली संसदको ठूलो दलको नेताको रूपमा प्रधानमन्त्रीमा पुनः नियुक्त भएका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीले शुक्रवारै मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुराना मन्त्रीहरू नै दोहोरिएका छन् ।नवनियुक्त मन्त्रीहरूलाई पनि शुक्रवारै शपथ गराइएको छ । 

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिए पनि समयावधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दल असफल भएका थिए । प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको