Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेप्से

बुधबार, १२ जेठ २०७८, १० : ०५ मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीकाे ३ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ४४ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य ७ सय ६६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको सत्ताइसौं वार्षिक साधारण सभा जेठ २८ गते शुक्रबार, कम्पनीको केन्द्रिय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ ।

सभाले संचालक समितिले सिफारिस गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३.७५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात , नाफा-नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ । 

 

60adcd734351f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको