Like us!
Follow us!
Connect us!
Watch us!

आइसीयुमा राख्दिनुस् न सर भनेर डाक्टरलाई रिक्वेस्ट गर्दा गर्दै बाबाको निधन भयो : आदर्श मिश्रा

अर्थ संसार

बुधबार, १२ जेठ २०७८, १६ : १० मा प्रकाशित

आइसीयुमा राख्दिनुस् न सर भनेर डाक्टरलाई रिक्वेस्ट गर्दा गर्दै बाबाको निधन भयो : आदर्श मिश्रा

कमेडियन आदर्श मिश्राको पिताको निधन भएको छ । चार बर्षदेखि मिर्गौलाका बिरामी रहेका आदर्शका पिता विनोद मिश्राको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । उनलाई आदर्शले सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगेका थिए । 

चार बर्षदेखि मिर्गौलाका बिरामी रहेका आदर्शका पिताको डायलिसस हुँदै आएको थियो । आदर्शकले पितालाई हप्ताको दुई पटक मिर्गौलाको डायलसिस गराउन नारायणी अस्पतालमा डाइलासिस गराउने गरेका थिए । 

अस्पतालको लापरबाहीको कारण आफ्नो पिता गुमाउनु परेको आदर्शले बताएका छन् । अस्पतालको लापरवाहीका कारण आफ्नो बुबाको डायलसिस पूरा समय हुन नपाउँदा निधन भएको उनको भनाइ छ । काजकिरिया सकिएपछि आफू त्यसविरुद्ध लड्ने उनले बताएका छन् । 

नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको उनले बताएका छन्  । उनले नर्सलाई इंगित गर्दै भनेका छन्, ४ घण्टा डाइलासिस गराउनुपर्नेमा ३ घण्टा मात्र गराएर मान्छेको लाइफटाइम घटाईदिएको धन्यवाद ।" 

आफ्नो पिताको निधन भएपछि आदर्शले आफ्नो युटुब च्यानलमा भिडियो अपलोड गर्दै आफ्नो पिताको निधनको जिम्मा नेशनल मेकिडल कलेज र नारायणी अस्पतालले लिनुपर्ने बताएका छन् । 

आदर्शले भिडियोमार्फत आदर्शले भनेका छन्–‘मेरो बाबाको मृत्युको सम्पूर्ण जिम्मा नेशनल मेकिडल कलेज र नारायणी अस्पतालले लिनुपर्छ । किनकी, दुई हप्ता अगाडि बाबालाई डायलासिसमा लैजाँदा एचपीओ टू छ भनेर यहाँ डायलासिस हुँदैन भनेर एनएमसीबाट निकालिदिएको हो। चार वर्ष बाबाले एनएमसीमा डायलासिस गराउनु भएको हो। प्रति डायलासिसको सरकारले ३५ सय दिन्छ। कमाउने बेलामा तिमीहरु कमाउने, पेसेन्टलाई गाह्रो भएको बेलामा धपाइदिने ?’


भरतपुर अस्पतालमा रातभर बाबालाई आसियुमा राख्दिनस् भन्दै डाक्टरलाई रिक्वेस्ट गर्दा पनि डाक्टरले एचपीओ टू ठिक छ, भाइटल्स ठिक छ भन्दै टारेको उनले गुनासो छ । उनले भनेका छन्, "भरतपुर अस्पतालमा डाक्टरलाई बाबालाई १०५ डिग्री ज्वरो छ, बाबालाई होस् छैन्, आइसीयुमा राख्दिनुस् न सर भन्दा भन्दै बिहानको १० बजे बाबाको निधन भयो ।"

आदर्शले बुबाको निधन भएपछि आफूले आमालाई झुटो बोलेको समेत बताएका छन् । "आमा डिप्रेसनको औषधी खाइरहनुभएकोले मैले आमालाई भन्न सकिन," उनले भिडियोमा भनेका छन् ।  बुबा बितिसक्दा पनि नारायणी अस्पताल लैजाने भन्दै बुवालाई दाहसंकार गर्न लागेको उनले बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको