Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार कोरोना संक्रमणदर घट्यो, संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै

अर्थ संसार

बुधबार, १२ जेठ २०७८, १६ : ५४ मा प्रकाशित

बुधबार कोरोना संक्रमणदर घट्यो, संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै

नेपालमा कोरोना भाइरस संक्रमणदर घटेको छ ।  बुधबार संक्रमितभन्दा निको हुनेको संख्या संख्या धेरै रहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि हुँदा ६ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० जनाको पीसीआर गर्दा ६ हजार ६ सय ७७ जनामा र ३ सय २२ जनाको एन्टिजेन ३७ जनमा गरी कुल  ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हो । 

यसैगरी, मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ४५ जना संक्रमितको मृत्यू भएको छ । हाल सक्रिय संक्रमितको संख्या एक लाख १७ हजार २ सय ६१ जना रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या  एक लाख १७ हजार ७७ रहेको छ ।

मंगलबार देशभर ८ हजार ६ सय ३६ जना संक्रमित थपिएका थिए, भने  ६ हजार ४ सय ४ जना निको भएका थिए । यस्तै, मृतकको संख्या १ सय ६९ जना रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको