Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको विज्ञप्तिमा लगानिकर्ता संघको आशंका, कतै चलखेल त होइन ?

अर्थ संसार

बुधबार, १२ जेठ २०७८, १९ : ४६ मा प्रकाशित

राष्ट्र बैंकको विज्ञप्तिमा लगानिकर्ता संघको आशंका, कतै चलखेल त होइन ?

नेपाल राष्ट्र बैंककाे निर्देशनप्रति ४ वटा लगानीकर्ता संघहरूले एउटै स्वरसहितकाे प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरी र सेयर लगानीकर्ता दवाव समूहका संयोजक हरि ढकालद्वारा जारी गरिएकाे संयुक्त प्रेस विज्ञप्तिमा नेपाल राष्ट्र बैंककाे निर्देशनप्रति आपत्ति जनाएका छन् ।

धितोपत्र बोर्ड तथा लगानीकर्ताहरुसँग सल्लाह नगरी जारी गरिएको उक्त सर्कुलरले पुँजी बजारलाई अस्थिर र असन्तुलित बनाउने विज्ञप्तिमा उल्लेख छ । २०७८ साल जेष्ठ ०४ गते मौद्रिक नितिको त्रैमासिक समिक्षामा उक्त निर्देशनहरू नसमेटेर मंगलवार जेष्ठ ११ गते अकस्मात् निर्देशन जारी गर्नुको तात्विक कारणहरू के के हुन सक्छन् भन्ने जिज्ञासाका साथै शंका उत्पन्न भएको संघहरुले जनाएका छन् ।

केहि दिन अगाडि जारी गरिएको मौद्रिक नितिको समिक्षामा शेयर बजारलाई सम्बोधन गर्दा उक्त निर्देशन नपर्नु र अकस्मात् उक्त परिपत्र आउनुले अन्य कुनै उदेश्य र नियतले प्रेरित भएर कुनै वर्गको अवान्छित लाभको लागि उक्त निर्देशन जारी भएको होकि भन्ने प्रश्न स्वत: उब्जिएको छ ।

लघुवित्तको सेयर विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागिबाहेक ‘घ’ वर्गको लघुवित्तको शेयरमा लगानी गर्न पाईने छैन र यदि २०७८/०२/१० सम्म खरिद गरेको भए उक्त शेयर २०७८ साल पौष मसान्त भित्र विक्री गर्नुपर्ने प्रावधानले लगानीकर्ताहरूमा अन्यौल श्रृजना भएको सन्दर्भमा विगत वर्षको फागुन महिना देखिनै बैंक तथा वित्तिय संस्थाहरूलाई लघुवित्तमा लगानी नबढाउन र भएका शेयरहरू विनिवेष गर्न राष्ट्र बैंकले अभिप्रेरित गरेको सन्दर्भमा हाल विधमान अवस्थामा उक्त निर्देशन बाट बजारमा लघुवित्तको शेयरहरू बिक्रीमा चाप आउने सम्भावना न्युन देखिएको र बजारमा औषत ९-१० अर्वको कारोवार भईरहेको परिप्रेक्ष्यमा बजारमा बिक्रीमा आउने शेयरहरू पनि सजिलै खपत हुने देखिएकाे पनि विज्ञप्तिमा उल्लेख छ ।

चारवटा लगानीकर्ता संघहरूकाे संयुक्त प्रेस विज्ञप्ति यस प्रकारकाे छ :

60ae596d4725b.jpg 60ae597475a35.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको