Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तको संस्थापक सेयर आजबाट लिलामीमा

अर्थ संसार

विहीबार, १३ जेठ २०७८, १० : ३४ मा प्रकाशित

निर्धन उत्थान लघुवित्तको संस्थापक सेयर आजबाट लिलामीमा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाखभन्दा बढी कित्ता संस्थापक सेयर आज (जेठ १३ गते, बिहिबार) देखि लिलामीमा ल्याएको छ ।

संस्थाले न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ५० रुपैयाँ अंकित दरका १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर आजबाट लिलामीमा ल्याएको हो । 

लगानीकर्ताले बोलपत्र पेश गर्दा तोकिएको न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । उक्त सेयरमा सर्वसाधारण तथा अन्य जो कोहि योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।
 
उक्त सेयरमा लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आजदेखि जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।  उक्त सेयरको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको