Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आर्थिक वर्षको बजेट शनिबार सार्वजनिक हुने

अर्थ संसार

विहीबार, १३ जेठ २०७८, १२ : ३४ मा प्रकाशित

आगामी आर्थिक वर्षको बजेट शनिबार सार्वजनिक हुने

आगामी आर्थिक वर्षको बजेट शनिबार सार्वजनिक हुने भएको छ । जेठ १५ गतेको बजेट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहरबारबाटै सार्वजनिक गर्ने भएका हुन् । बजेट शनिबार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ । 

यस्तै, आर्थिक सर्वेक्षण भने शुक्रबार (भोली) सार्वजनिक हुने भएको छ । मन्त्रालयका अनुसार आर्थिक सर्वेक्षण शुक्रबार दिउँसो २ बजे जुमबाट सार्वजनिक गरिनेछ । जुमबाट सार्वजनिक गर्ने कार्यक्रम राखिए पनि फोटो तथा भिडियोको लागि सिमित पत्रकारलाई कार्यक्रममा प्रवेश दिने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ । 

प्रतिनिधिसभा विघटन भएकाले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागिएको हो । सरकारले १५ दिन अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि राजनीतिका अस्थिरता र उथलपुथलका कारण यो पटक नीति तथा कार्यक्रम आउन सकेन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको