Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको निर्देशन प्रभाव : लघुवित्तको सेयरमूल्यमा पहिरो

नेप्से

विहीबार, १३ जेठ २०७८, १२ : ३४ मा प्रकाशित

राष्ट्र बैंकको निर्देशन प्रभाव : लघुवित्तको सेयरमूल्यमा पहिरो

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरीद बिक्रीमा कडाई गरेसँगै लघुवित्त कम्पनीहरूकाे सेयरमूल्यमा पहिराे गएकाे छ । बिहीबार काराेबार सुरू भएदेखि नै लघुवित्त कम्पनीहरूकाे सेयरमूल्यमा उच्च गिरावट देखिएकाे छ । 

बिहीबार मूल्य घट्ने कम्पनीहरूमा सबै लघुवित्तहरू मात्र रहेका छन् । यस समाचार तयार पार्दासम्म लघुवित्त समूहकाे सूचक ३.७७ प्रतिशतले घटेकाे छ ।

यस अवधिसम्ममा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड, आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड, मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथीला लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

यी कम्पनीका साथ साथै, अन्य दर्जनाैँ माइक्राेफाइनान्सकाे सेयरमूल्य पनि घटेकाे छ ।

राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई एकिकृत निर्देशन जारि गर्दै सेयर लगानी सम्बन्धमा थप व्यवस्था लागू गरेकाे थियाे । नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले एक वर्षभन्दा कम अवधिको लागि सेयरमा लगानी गर्न पाउने छैनन् । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् । यस भन्दा अगाडी सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा मात्र लगानी गर्न पाउने व्यवस्था थियाे । पहिलाको व्यवस्थालाई संसोधन गरि यसरी खरिद गरिएको शेयर एक वर्षभित्रै बिक्री गर्न नपाउने व्यवस्था गरिएको हो । बैंककाे निर्देशनमा भनिएकाे छ "सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।"त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउनेछन् । तर, यसअघिसम्म लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न भने पाइने छ । यसका साथै, विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक बैंक तथा वित्तीय संस्थाले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकको विज्ञप्तिमा लगानिकर्ता संघको आशंका, कतै चलखेल त होइन ?

नेपाल राष्ट्र बैंककाे निर्देशनप्रति ४ वटा लगानीकर्ता संघहरूले आपत्ति जनाएका छन् । धितोपत्र बोर्ड तथा लगानीकर्ताहरुसँग सल्लाह नगरी जारी गरिएको उक्त सर्कुलरले पुँजी बजारलाई अस्थिर र असन्तुलित बनाउने उनीहरूकाे धारणा छ । २०७८ साल जेष्ठ ०४ गते मौद्रिक नितिको त्रैमासिक समिक्षामा उक्त निर्देशनहरू नसमेटेर मंगलवार जेष्ठ ११ गते अकस्मात् निर्देशन जारी गर्नुको तात्विक कारणहरू के के हुन सक्छन् भन्ने जिज्ञासाका साथै शंका उत्पन्न भएको संघहरु बताउँछन् ।

राष्ट्र बैंकको निर्देशनले निम्ताएको लगानीकर्ता माथिको धर्मसंकट : अवसर कि दुर्भाग्य ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको