Like us!
Follow us!
Connect us!
Watch us!

सबैलाई महाब्याधीका बिरुद्ध एकाकार हुन प्रेरित गर्नु संचारकर्मीको दायित्व : अध्यक्ष पोखरेल

अर्थ संसार

विहीबार, १३ जेठ २०७८, १८ : १९ मा प्रकाशित

सबैलाई महाब्याधीका बिरुद्ध एकाकार हुन प्रेरित गर्नु संचारकर्मीको दायित्व : अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले कोरोना संक्रमणको चुनौतीपूर्ण समयमा सबैलाई यसका बिरुद्ध एकाकार हुन प्रेरित गर्नु र सबैको ऐक्यबद्ध प्रयासको बलमा नागरिकको जीवन सुरक्षामा योगदान पुग्ने गरी क्रियाशिल रहनु संचारकर्मीहरुको प्रमुख दायित्व भएको धारणा ब्यक्त गरेका छन् ।

समयको संबदेनशीलतालाई ध्यानमा राखेर सकारात्मक सन्देश प्रवाह गर्ने र जनस्वास्थ्यका बिषयमा राज्यका निकायहरुको निरन्तर ध्यानाकर्षण गराउने काम समेत संचारकर्मीको प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष पोखरेलको धारणा छ ।

बिहिबार नेपाल पत्रकार महासंघको बागमती प्रदेश समितिले आयोजना गरेको बर्तमान अवस्थामा पत्रकार आचारसंहिताको पालना र संचारकर्मीको भुमिका बिषयक भर्चुअल अन्तरक्रियामा महासंघ अध्यक्ष पोखरेलले पत्रकार आचारसंहितको पूर्ण कार्यान्वयनबाट महासंघप्रतिको नागरिकको बिश्वास निरन्तर कायम रहने बताउँदै सकारात्मक समाचारको संप्रेषणले नागरिकको मनोबल उच्च भई संक्रमणको प्रतिरोध गर्ने क्षमता अभिबृद्धी हुने तथ्यलाई मनन गर्न समेत आग्रह गरे ।

त्यसक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा भएगरेका प्रयासहरुका बारेमा आम नागरिकलाई जानकार बनाउँदै पत्रकार आचारसंहितको पूर्ण पालनाका साथ स्वास्थ्य सुरक्षा सावधानीका साथ क्रियाशिल रहनुपर्नेमा जोड दिए ।

यसैगरी महासंघका महासचिव रोशन पुरीले कोरोना संक्रमणका कारण समस्यामा परेका संचारकर्मीहरुको उपचार र राहतमा महासंघले कुनै कसर बाँकी नराख्ने बताउँदै स्थानीय स्तरमा क्रियाशिल संचारकर्मीहरुको समस्यामा निरन्तर सहयोगी भुमिका निर्वाह गर्न महासंघका सबै संरचनाहरुलाई क्रियाशिल बनाईएको उल्लेख गरे ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्यहरु रमेश खतिवडा, सुनिल खड्का, बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप बिष्ट र न्यूनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य बिमला पाण्डे कोरोना संक्रमणका कारण समस्यामा परेका संचारकर्मीहरुको समस्या समाधानका लागि राज्यको ध्यानाकर्षण हुनुपर्ने बताउँदै सबैको ऐक्यबद्ध प्रयत्नको बलमा मात्र महामारीको सामना गर्न सकिने तथ्यलाई आत्मसात गर्नु पनि जरुरी रहेको बताए ।

पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देबकोटाको अध्यक्षमा सम्पन्न अन्तरक्रियामा बागमती प्रदेश समिति अन्तर्गतका १० बटै जिल्लाका जिल्ला अध्यक्षहरुले जिल्लामा कोरोना संक्रमणको अवस्था, पत्रकार आचारसंहिताको पालनाको अवस्था र संक्रमित संचारकर्मीहरुको उपचार र राहतका लागि भएगरेका प्रयासहरुका बारेमा जानकारी गराएको महासचिव कृष्ण सारुमगरले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको