Like us!
Follow us!
Connect us!
Watch us!

चक्रवातले नेपालमा हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने,सतर्क रहन महाशाखाको आग्रह

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, ०८ : ५७ मा प्रकाशित

चक्रवातले नेपालमा हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने,सतर्क रहन  महाशाखाको आग्रह

बङ्गालको खाडीमा विकास भएको 'यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह  गरेको  छ  ।  

हाल देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार चक्रवात  भारतको  पूर्वी  क्षेत्र  उडिसा  र  पश्चिम  बङ्गालमा  अवतरण  भएसँगै पश्चिम–उत्तरबाट  पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा पर्ने भएको हो । 

चक्रवातबाट विकास भएको गहन न्यून चापीय रेखा नेपालको पूर्वी  भूभाग  हुँदै  भित्रिएकोले  बिहीबारदेखि नै विभिन्न क्षेत्रमा उच्च हुरीबताससँगै वर्षा गराएको छ । यो क्रम आगामी शनिबार दिउँसोसम्म  कायम  रहने  जल  तथा  मौसम  विज्ञान  विभाग,  मौसम  पूर्वानुमान  महाशाखाले जानकारी दिएको छ ।  

यसैगरी, शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ। 

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाकी प्रदेशको एक वा दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरि र १र२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षा को सम्भावना  रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको