Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, १२ : ४६ मा प्रकाशित

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरी सुनुवाइ सुरु भएको । केहीबेर अघि सुरु भएको संवैधानिक इजलासमा रिटसम्बन्धी सुनुवाइ जारी रहेको छ । 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा न्यायाधीश दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तोकिएका छन् । 

प्रधानन्यायाधीश राणाको एकल इजलासले बिहीबार १९ रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । उक्त आदेशसँगै प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो ।  प्रतिनिधिसभा विघटनविरुद्ध ३० वटा रिट निवेदन दायर भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको