Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा कोरोना भाइरसको संक्रमण दर घट्ने क्रम जारी

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, १४ : २९ मा प्रकाशित

भारतमा कोरोना भाइरसको संक्रमण दर घट्ने क्रम जारी

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

बिहीबार भारतमा कोरोना संक्रमणको यो संख्या ४४ दिनयताको सब भन्दा कम हो । कोरोना शुरु भएयतम देशभर हालसम्म कूल संक्रमित २ करोड ७५ लाख भन्दा बढी भएको छ । भारतमा हाल कोभिड–१९ का २३ लाख ४३ हजार १५२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा २ लाख ५९ हजार ४५९ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो । 

तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ६६० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १८ हजार ८९५ जनाको ज्यान गएको छ । 

साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ९० लाख ३९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड ५७ लाख डोज खोप लगाइएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको