Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन ९ हजारभन्दा बढीले जिते कोरोना, मृत्युदर पनि घट्यो

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, १६ : ३७ मा प्रकाशित

एकैदिन ९ हजारभन्दा बढीले जिते कोरोना, मृत्युदर पनि घट्यो

पछिल्लो समय नेपालमा कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्न थालेको छ । विगत ३ दिनदेखि निको हुनेको संख्या संक्रमितभन्दा बढ्न थालेको हो । आज (शुक्रबार) ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि हुँदा ९ हजार ८ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३ सय १३ जनाको पीसीआर गर्दा ६ हजार ८ सय ५५ जनामा र ७ सय ९७ जनाको एन्टिजेन परिक्षणमा ९६ जनामा संक्रमण पुष्टि भएको हो । 

यसैगरी, पछिल्लो समय मृत्युदर पनि घटिरहेको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९६ जना संक्रमितको मृत्यू भएको छ । 

बिहिबार देशभर ६ हजार ९ सय ३९ जना जना संक्रमित थपिएका थिए, भने ७ हजार २ सय २६ जना निको भएका थिए । यस्तै, मृतकको संख्या १ सय ६ जना रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको