Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ११६ जनाको मृत्यु

अर्थ संसार

शनिबार, १५ जेठ २०७८, १५ : ४२ मा प्रकाशित

शनिबार ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ११६ जनाको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्न थालेको छ । विगत केहि दिनदेखि निको हुनेको संख्या संक्रमितभन्दा बढ्न थालेको हो । आज (शनिबार) ४ हजार ४ सय ८७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि हुँदा ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ जनाको पीसीआर गर्दा ४ हजार ३ सय ११ जनामा र ७ सय ४६ जनाको एन्टिजेन परिक्षणमा १७६ जनामा संक्रमण पुष्टि भएको हो । 

यसैगरी, बितेको २४ घण्टामा १ सय १६ जना संक्रमितको मृत्यू भएको छ । 

शुक्रबार देशभर  ६ हजार ९ सय ५१ जना संक्रमित थपिएका थिए, भने ९ हजार ८ सय ४१  जना निको भएका थिए । यस्तै, मृतकको संख्या ९६ जना रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको