सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सन्राइज फर्स्ट म्युचुअल फण्डले २०७८ वैशाख मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेको छ । वैशाख मसान्तसम्म दुवै फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) सँगै सेयर लगानी रकममा गिरावट आएको छ ।
वैशाख मसान्तमा फण्डको न्याभ १८ रुपैयाँ ५७ पैसा कायम भएको छ । चैत मसान्तमा फण्डको न्याभ १८ रुपैयाँ ६० पैसा रहेको थियो । फण्डको प्रतिइकाई खुद सम्पति मूल्यमा ३ पैसाले गिरावट आएको हो ।
सो अवधिमा फण्डले सूचीकृत सेयरमा ८१ करोड ७ लाख ७८ हजार रुपैयाँ लगानी गरेको छ । चैत मसान्तमा फण्ड ८२ करोड ९४ लाख ६१ हजार रुपैयाँ लगानी गरेको थियो । एक महिनाको अवधिमा फण्डको सूचिकृत सेयरको लगानी १ करोड ८६ लाख ८३ हजारले घटेको छ । यस अवधिमा फन्डले ४७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
सो अवधिमा फण्डको मुद्दति निक्षेपमा ११ करोड रुपैयाँ रहेको छ भने बैंक मौज्दात ५१ करोड १९ लाख ३१ हजार रुपैयाँमा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस