Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले २४ कराेड ९३ लाख मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

आइतबार, १६ जेठ २०७८, ११ : ३६ मा प्रकाशित

राष्ट्र बैंकले २४ कराेड ९३ लाख मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंक लिमिटेडले २४ कराेड ९३ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले बैंककाे विभिन्न काेषहरूमा रहेकाे उक्त रकम ३६५ दिनका लागि (२०७८ साल असार १ गतेदेखि २०७९ साल जेठ ३१ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १९ करोड ९६ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ७३ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड २४ लाख रुपैयाँ गरी कूल २४ कराेड ९३ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

तलकाे सूचनामा उल्लेखि शर्त बमाेजिम बैंक तथा वित्तीय संस्थाले जेठ १८ गते, २ बजेदेखि जेठ १९ गते, २ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

60b32c33c1bc8.jpg 60b32c3a954cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको