Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर आजबाट लिलामीमा, मूल्य कति ?

अर्थ संसार

सोमबार, १७ जेठ २०७८, ०७ : ५१ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर आजबाट लिलामीमा, मूल्य कति ?

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर आज (सोमबार) देखि लिलामीमा बिक्री खुल्ला भएको छ ।

संस्थाले बैंकको स्वामित्वमा रहेको ६० हजार ४१८ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य रू. ५७२ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । 

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आज (जेठ १७ गते, सोमबार) देखि जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयर खरीदका लागि बोलकबोल गर्दा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

60b449ad85a6c.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको