Like us!
Follow us!
Connect us!
Watch us!

रक्सी चोरी गरेको आरोपमा असईसहित ३ प्रहरी निलम्बनमा

अर्थ संसार

सोमबार, १७ जेठ २०७८, १२ : ०४ मा प्रकाशित

रक्सी चोरी गरेको आरोपमा असईसहित ३ प्रहरी निलम्बनमा

सिरहामा रक्सी चोरेको आरोपमा एक प्रहरी सहायक निरीक्षक (असई) सहित ३ जना प्रहरी निलम्बनमा परेका छन्  । रक्सी चोरीको आरोप लागेका असई नवल किशोर ठाकुर, जवानद्वय अन्नु कुमार राय र नरेश कुमार रायलाई जिल्ला प्रहरी कार्यालय सिराहाले निलम्बन गरेको हो ।

लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरी गरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

गत जेठ ९ गते गस्तीमा खटिएका उनीहरुले मउक्त पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागे र त्यहि मौकामा पसलबाट केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो ।

विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा उक्त भिडियो अपलोड भई आलोचित हुनुपर्ने अवस्था देखिएकोले उनीहरुलाई निलम्बन गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको