Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा ब्रोकरहरुको सिन्डिकेट भयो,सेबोनले ठुलो चलखेल गरिरहेको छः मोहदत्त भुसाल

लगानीकर्ताको आवाज

सोमबार, १७ जेठ २०७८, ०४ : १० मा प्रकाशित

साथीहरुको लहैलहैमा लागेर नेपालको सेयर बजारमा प्रबेश गरेका मोहदत्त भुसालले अहिले आँफूले आफ्नो होटल व्यवसायबाट भन्दा पनि बढी सेयर बजारबाट आम्दानी गरिरहेको बताउँछन् ।

बजारमा प्रबेश गर्ने बित्तिकै कमाइमात्र हुन्छ भन्ने सोच राख्ने मान्छेहरु सेयर बजार प्रवेश गर्न नहुँने उनको भनाई छ । फलानाले सेयरबाट यति कमायो भन्ने सुनेर देखासिखीमा बजार प्रबेश गर्नेहरुले सेयरबाट कमाउन नसक्ने उनको अनुभव छ । 

विगतमा नेप्से इन्डेक्स करिब १६०० को बिन्दुमा पुग्दा किनेका कतिपय कम्पनीहरुको सेयर हालसम्म पनि आँफूसँग रहेको भन्दै उनले १६०० को इन्डेक्स १८०० सम्म पुग्दा मख्ख परियो । पुनः नेप्से परिसूचक ११०० को बिन्दुमा पुग्दा बजारबाटै पलायन हुनेसम्मको पनि सोच आएको उनले सुनाए । धैर्यता नतोडी पुनः ती कम्पनीहरुको सेयर किनेकाले लाभांशसमेतबाट अहिलेको बुलिस् ट्रेन्डसम्म आईपुग्दा आफूले सेयरको लगानीबाट राम्रो मुनाफा हासिल गरेको उनी बताउँछन् । 

अहिले नेपालको सेयर बजारमा धर्के ज्योतिषहरु धेरै उत्पादन भएको भन्दै उनले प्राविधिक विष्लेषकहरुमाथि ब्यंग्य गरे । उनीहरुले बजारको विकास गर्नेभन्दा त्रसित बनाउने कार्य गरिरहेको बताए । बिना आधार बजार बढ्छ र घट्छ भनेर धर्का तान्नेहरुको पछि लागेर लगानी गर्दा डुब्न सक्ने भन्दै कम्पनीको लाभांश इतिहास, जगेडा कोषको अवस्था र वित्तीय अवस्थाहरु हेरेर मात्र लगानी गर्नुपर्ने उनको सुझाव छ । 

सेयरमा लगानी गर्नेहरुले सकेसम्म आँफूसँग भएको पैसा मात्र लगानी गरे त्यसले सधैँ मुनाफा दिन सक्ने उनी बताउँछन्  । बजार सधैँँ बढेपछि घट्ने र घटेपछि पनि बढ्ने भन्दै लगानीकर्तामा हुनुपर्ने सबैभन्दा ठूलो क्षमता धैर्यता रहेको उनको भनाई छ । 

लगानीकर्ताहरुले सेयर बजारमा लगानी गर्दा एकै क्षेत्रमा मात्र लगानी गर्न नहुने उनको सुझाव छ । यदि कसैले एउटै क्षेत्रमा मात्र लगानी गर्छ भने त्यसबाट जती कमाउने संभावना हुन्छ, त्य तिनै गुमाउने संभावना रहने बताउँछन् उनी ।  

अहिले सेयरमा लगानी गर्ने ९५ प्रतिशत लगानीकर्ताहरु रुष्ट रहेको भन्दै उनले अहिले बजारको प्रमुख समस्या भनेकै ब्रोकर रहेको उनको आरोप छ । नेपाल धितोपत्र बोर्डले लामो समय देखि अध्ययन भइरहेको ब्रोकर संख्या थप्ने प्रस्ताव अड्काएको आरोप उनको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको