Like us!
Follow us!
Connect us!
Watch us!

भारतको बिरोध पछि विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको भेरिअन्टलाई दियो नयाँ नाम

अर्थ संसार

मंगलबार, १८ जेठ २०७८, ०८ : ०३ मा प्रकाशित

भारतको बिरोध पछि विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको भेरिअन्टलाई दियो नयाँ नाम

 कोरोना भाइरसका नयाँनयाँ प्रकारहरू निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ।

अबदेखि उसले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरिअन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउनेछ।

जहाँ भेरिअन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको अहिलेको प्रणालीले स्थान विशेष विरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो।


जसअनुसार आइन्दा यूके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ।

यसै महिनाको सुरुमा भारतीय सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको भेरिअन्टलाई भारतीय भेरिअन्ट भनिएकोमा आलोचना गरेको थियो।

हुन त डब्ल्यूएचओले आधिकारिक रूपमा त्यसको नाम भारतीय भेरिअन्ट कहिले पनि भनेको थिएन। 
बीबीसी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको