Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले पाए राष्ट्र बैंकबाट एलओआई

अर्थ संसार

मंगलबार, १८ जेठ २०७८, ११ : ३५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले पाए राष्ट्र बैंकबाट एलओआई

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडकाे मर्जर प्रकृयालाई लेटर अफ इन्ट्रेस्ट (LOI) दिएको छ । बैंककाे साेमबार बसेकाे बैठकले यी दुई बैंकलाई एलओआई दिने निर्णय गरेकाे हाे ।

दुवै बैंकबीच एकआपसमा गाभ्न गाभिनका लागि वैशाख ३० गते, बिहीबार प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस्ताक्षर भएको थियाे । नेप्सेमा अहिले यी दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे हाे । सम्झौतापत्रमा  हस्ताक्षर गरेका हुन् । 

मर्ज हुन लागेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक, लाभांश वितरणमा कुन बैंक बलियो ?

दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने भएको हुँदा दुवै बैंकका सेयरधनीहरुसँग जति कित्ता सेयर छ त्यति नै नयाँ बन्ने बैंकको सेयर प्राप्त गर्नेछन् । 

यी २ बैंक एक आपसमा गाभिएपश्चात् नेपालको सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको