Like us!
Follow us!
Connect us!
Watch us!

भ्रंमको पछि नलाग्न आग्रह, उज्जवल थापाको भेन्टिलेटरमा उपचार हुँदै

अर्थ संसार

मंगलबार, १८ जेठ २०७८, १४ : ५४ मा प्रकाशित

भ्रंमको पछि नलाग्न आग्रह, उज्जवल थापाको भेन्टिलेटरमा उपचार हुँदै

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको  मेडिसिटी अस्पतालले  जनाएको छ ।  इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेको थापाको उपचार गर्दै आएका डाक्टर विश्व दवाडीले बताए । यस्तै उनले थापाको स्वास्थ्यको बारेमा आएका भ्रमको पछि नलाग्न पनि आग्रह गरेका छन्।

कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो । ग्राण्डीबाट इक्मो प्रविधि अन्तरगत उपचारका लागि उनलाई मेडिसिटीमा लगिएको हो  ।

कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको