Like us!
Follow us!
Connect us!
Watch us!

प्रमबाट थापाको निधनमा दुःख व्यक्त

अर्थ संसार

मंगलबार, १८ जेठ २०७८, २२ : २३ मा प्रकाशित

प्रमबाट थापाको निधनमा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गरेका छन् । 

मंगलबार साँझ ट्वीट गदै प्रधानमन्त्री ओलीले दिवंगत थापाप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा  समवेदना व्यक्त गरेका हुन् । 

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि  फरक तरीकाबाट छोटो समयमै  आफ्नो ‘राजनीतिक अभियान’प्रति  धेरैको ध्यानाकर्षित गर्न सक्षम थापाको असामयिक निधनमा दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको