Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको रोजाईका १० कम्पनी !

अर्थ संसार

मंगलबार, १८ जेठ २०७८, १७ : ०१ मा प्रकाशित

लगानीकर्ताको रोजाईका १० कम्पनी !

मंगलबार सेयर बजार ११.६८ अंकले घट्यो । बजार घट्दा कारोबार रकमपनि घट्ने पुग्यो । कारोबार भएको कम्पनीमध्ये ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३० वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएका छन् ।

  नेप्से इन्डेक्स २७७१.१५  बिन्दुमा आइपुगेको छ ।  मंगलबार सेयर बजारमा लगानीकर्ताको रोजाईमा कालिका पावर कम्पनी,लुम्बिनी विकास बैंक समिट लघुवित्त, महालक्ष्मी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, गोर्खाज फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, राधी विद्युत, लक्ष्मी इक्वीटी फण्ड र जानकी फाइनान्स लिमिटेड पर्न सफल भएका छन् । यी सवै कम्पनीको विगत केही दिन अघिदेखि सेयर मूल्यमा बृद्धि भैरहेको छ । कालिका पावरमा मंगलबार १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको छ । 

कूल १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँ बराबरको कारोबार भएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी १०  वटा उपसमूहको सेयर घटेको छ ।

60b61842a9a25.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको