Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा निरन्तरता

अर्थ संसार

मंगलबार, १८ जेठ २०७८, १५ : ०३ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा निरन्तरता

आज (मंगलबार) पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । मंगबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ भने कारोबार रकममा पनि भारी गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.६८ अंकले घटेर २७७१.१५  बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ०.४८  प्रतिशतले घटेको हो ।  यस्तै सेन्सेटिभ पनि परिसूचक ३.६९ अंकले घटेर ४९६.८६ बिन्दुमा पुगेको छ ।

सोमबार कूल २१६ वटा कम्पनीको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार रकममा समेत भारी गिरावट आएको छ । आइतबार मात्रै १७ अर्ब २ करोड ८४ लाख  ३२ हजार २४४ रुपैयाँको कारोबार गरी बजारले ऐतिहासिक रेकर्ड राखेको थियो । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा मात्र उपसमूहकाे सेयर बढेको छ भने बाँकी १०  वटा उपसमूहकाे सेयर घटेको छ ।

आज विकास बैंक, फाइनान्स र अन्य समूहको मात्र सेयरमूल्य बढेको छ । मंगलबार होटल एण्ड पर्यटन समूहको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यो समूहको सेयरमूल्य २.५९ प्रतिशतले घटेको हो । त्यसैगरी क्रमश व्यापार, निर्जीवन बीमा, हाइड्रोपावर, जीवन बीमा, लगानी, बैंकिङ, उत्पादन र प्रवर्द्धन, र सामुहिक लगानीको कोषको सेयरमूल्य घटेको छ ।

आज कालिका पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी, लुम्बिनी विकास बैंक समिट लघुवित्त, महालक्ष्मी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, गोर्खाज फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, राधी विद्युत, लक्ष्मी इक्वीटी फण्ड र जानकी फाइनान्स लिमिटेडले सर्वाधिक नाफा कमाएका छन् ।

यता, दिब्यश्वरी हाइड्रोपावर, जोशी हाइड्रोपावर, आँखु खोला हाइड्रोपावर, खानीखोला हाइड्रोपावर घलेम्दी हाइड्रोपावर, यूनियन हाइड्रोपावर, सोल्टी होटल, माउन्टेन हाइड्रो नेपाल, सानिमा माइ हाइड्रोपावर र सेन्ट्रल फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्  ।

त्यसैगरी, आज सर्वाधिक कारोबार गर्ने कम्पनीको अग्रस्थानमा  नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीले ३९ करोड ६३ लाख २ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै, लुम्बिनी विकास बैंक, राधी विद्युत, युनाइटेड मोदी हाइड्रोपावर, एशियन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक, अरुण कावेली पावर, एचआईडिसीएल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले पनि मंगलबार सर्वाधिक कारोबार गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको