Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु

पत्रपत्रिका

बुधबार, १९ जेठ २०७८, ०७ : ०८ मा प्रकाशित

कोरोना संक्रमणबाट प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु

देशभर कोरोना संक्रमणबाट दैनिक सरदर मृत्युदर घट्दोक्रममा पाइएको छ । गत बुधबारदेखि मंगलबारसम्म आधार मान्दा प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु हुने गरेको छ । गत ५ जेठमा एकै दिन २ सय ४६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको थियो ।

एक साता अवधिमा ७ सय ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबार १ सय ४५, बिहीबार १ सय ६, शुक्रबार ९६, शनिबार १ सय १६, आइतबार १ सय ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, संक्रमणबाट सोमबार १ सय १४ र मंगलबार ६८ जनाको मृत्यु भयो । मंगलबार मृतक संख्या २ अंकमा झरेको छ । हालसम्म ७ हजार ४ सय ५४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै, मंगलबार देशभर ६ हजार ८ सय ९८ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ८ सय ९८ जना निको भएका हुन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ जना पुगेको छ ।

मंगलबार देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ जना पुगेको छ ।।

राजधानी दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको