Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोशीको टर्बाइन घुम्यो पहिलो युनिटको सफल परिक्षण

पत्रपत्रिका

बुधबार, १९ जेठ २०७८, ०७ : ५१ मा प्रकाशित

माथिल्लो तामाकोशीको टर्बाइन घुम्यो पहिलो युनिटको सफल परिक्षण

बहुप्रतीक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको टर्बाइन घुमाइएको छ । आयोजनाको मेकानिकल परीक्षणअन्तर्गत एउटा टर्बाइन (युनिट) मा पानी हालेर घुमाइएको छ । आयोजनाको परीक्षणका क्रममा सुरुङमा जम्मा भएको पानी हालेर एउटा टर्बाइनलाई शनिबार (जेठ १५ गते) परीक्षण सकिएको हो ।

तीन दिनको लगातारको प्रयासपछि विद्युत्गृहमा पानी पठाएर एउटा टर्बाइन घुमाउन सफल भएको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । यो आयोजनाका लागि महत्वपूर्ण सफलता भएको उनले बताए। इलेक्ट्रिक तथा मेकानिकलको परीक्षणका क्रममा आयोजना र ठेकेदार कम्पनी एन्द्रिज हाइड्रोले हिन्दू वैदिक विधिअनुसार विश्वकर्मा पूजा गरेको थियो ।

सुरुङ र मेकानिकलमा केही समस्या बाँकी भए तापनि त्यसको मर्मत गर्दै  विद्युत् गृहको पनि परीक्षण गर्न थालेको उनले बताए। उनका अनुसार ७ सय मिटरमा रहेको पहिलो
अडिट र ४ हजार मिटरमा रहेको दोस्रो अडिटको गेटमा समस्या रहेको उनले बताए । सुरुङको काम गर्न बनाइएको अडिटमा सुरुङ बन्द गर्न गेट राखिएको छ । अहिले त्यही गेटमा पानी चुहावट देखिएको छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले पहिलो युनिटको सफल परीक्षणपछि अब क्रमशः दोस्रो तेस्रो गर्दै  ६ वटै युनिटको परीक्षण गर्दै  जाने बताए । माथिल्लो तामाकोसीको विद्युत् गृहमा ६ वटा युनिटबाट ४ सय ५६ मेगावाट विद्युत् उत्पादन हुने क्षमता छ । प्रतियुनिट ७६ मेगावाट विद्युत् उत्पादन हुन्छ । मेकानिकल र सुरुङको परीक्षण पूरा
भएको भए आयोजनाले परीक्षण विद्युत् उत्पादन गर्न सक्थ्यो । तर, सुरुङ परीक्षणका क्रममा अडिट गेटमा समस्या भएपछि मर्मतका लागि सुरुङबाट पानी खाली गर्न लागेको हो ।

सुरुङमा अहिले ४ किलोमिटर पानी भरिएको छ । गेट मर्मत गर्नका लागि पानी छाड्दा विद्युत् गृहमा रहेका टर्बाइनको पनि परीक्षण गर्न थालिएको हो । उनका अनुसार अहिले सुरुङको पानी एउटा नोजलबाट प्रतिसेकेन्ड २ सय लिटरका दरले छाडिएको छ । सुरुङबाट पानी खाली गर्दा ६ वटै युनिटको परीक्षण पूरा गर्ने  प्रवक्ता न्यौपानेको भनाइ छ । परीक्षणका क्रममा
सबै युनिटको परीक्षण सफल भए गेटहरूको मर्मतपछि एकै पटक विद्युत् उत्पादन गर्न सकिने उनले बताए । कारोबार दैनिकमा खर छापिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको