Like us!
Follow us!
Connect us!
Watch us!

चीनले बनायो कोरोना भाइरसविरूद्ध नयाँ खोप, डब्लुएचओले दियो अनुमति

अर्थ संसार

बुधबार, १९ जेठ २०७८, ०८ : ४० मा प्रकाशित

चीनले बनायो कोरोना भाइरसविरूद्ध नयाँ खोप, डब्लुएचओले दियो अनुमति

चीनले बनाएको अर्को भ्याक्सिनलाई पनि आपतकालीन प्रयोग  गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  अनुमति दिएको छ। डब्लुएचओले दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनलाई मंगलबार प्रयोग अनुमति दिएको हो।

चीनसहित संसारका धेरै ठाउँमा प्रयोग भइरहेको सिनोभ्याकलाई डब्लुएचओले अनुमति दिएपछि अब कोरोनाभाइरसविरूद्ध चीनका दुईटा खोप हुने भएका छन्।

यसअघि चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई डब्लुएचओले अनुमति दिइसकेको छ।सिनोभ्याक खोप अहिले चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ ठाउँमा प्रयोग भइरहेको छ।

'१८ वर्षभन्दा माथिका मानिसहरूका लागि यो खोपको दुई डोज दुईदेखि चार साताको अन्तरमा लगाउन सिफारिस गरिन्छ,’ डब्लुएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ। एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको