Like us!
Follow us!
Connect us!
Watch us!

८ खर्ब रेमिट्यान्स पठाउने बजेटमा अटेनन्

पत्रपत्रिका

बुधबार, १९ जेठ २०७८, ०८ : ४८ मा प्रकाशित

८ खर्ब रेमिट्यान्स पठाउने बजेटमा अटेनन्

संकटका बेला देशको अर्थतन्त्रलाई क्रियाशिल बनाउन पुनरूत्थान गर्ने बजेट ल्याएको दाबी गरेको सरकारले वार्षिक ८ खर्ब रेमिट्यान्स भित्र्याउने विदेशमा कार्यरत १५ लाख भन्दा बढी युवालाई भने सम्बोधन गरेको छैन ।

सरकारले आगामी आर्थिक वर्षका लागि विभिन्न राहतसहित १६ खर्बको बजेट प्रस्तुत गरे पनि त्यसको आधा राशी बराबरको विदेशी मुद्रा स्वदेश ल्याउने गरिब युवाको उद्धार र सहयोगका लागि केही कार्यक्रम नै ल्याउन नसकेको हो । बजेट वक्तत्वमा कोरोनाका कारण पछिल्लौ समय विदेशमा अलपत्र परेको उद्धारका सम्बन्ध केही उल्लेख नै गरेको छैन । यसरी नै वैशाख महिनामा श्रम स्वीकृति दिएका ३२ हजार नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने सम्बन्धमा समेत सम्बोधन नै गरिएको छैन ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैत महिनासम्म विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ७२९ अर्ब २ करोड पुगेको जनाएको छ । यो हिसाबले हेर्दा देशको कुल बजेटकौ आधा रकम रेमिट्यान्स पठाउने युवाका लागि प्रभावकारी कार्यक्रम राख्नु पर्ने देखिएपनि उनीको औपचारिकता मात्र पूरा गरिएको जानकारहरु बताउँछन् । चालु आर्थिक बर्षको ९ महिनामा ७ खर्ब २९ अर्ब रेमिट्यान्स योगदान भएपनि उनीहरुका लागि बजेटमा जति सम्बोधन गर्नुपर्ने सो अनुसार नगरेको विज्ञको भनाइ छ । यो खबर आजको कारोबार दैनिकमा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको