Like us!
Follow us!
Connect us!
Watch us!

चौधरी उद्योग ग्राममा आगलागी

अर्थ संसार

बुधबार, १९ जेठ २०७८, ११ : ३६ मा प्रकाशित

चौधरी उद्योग ग्राममा आगलागी

पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर र चाउचाउ उद्योग गर्ने प्लान्टमा बुधबार बिहानदेखि आगलागी भएको हो । 

बिहान साढे ८ बजे सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । अहिल सुरक्षाकर्मी र मजदुर दमकलसहितको टोलि आगो निभाउन खटिएका छन् । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार आगो ठूलो भएकाले नियन्त्रणमा लिन समस्या भएको छ । 

चौधरी उद्योग ग्राम देवचुलीका प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार उद्योग परिसरमा रहेको बियर प्लान्टको गोदाम र बोटलिङ क्षेत्रमा आगलागी भएको हो । ब्रुअरीले नेपाल आइस बियरलगायतका बियर उत्पादन गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको