Like us!
Follow us!
Connect us!
Watch us!

चर्को विरोध पछि राजेन्द्र महतोले सच्याए विवादास्पद अभिव्यक्ति

अर्थ संसार

आइतबार, २३ जेठ २०७८, ०६ : २५ मा प्रकाशित

चर्को विरोध पछि राजेन्द्र महतोले सच्याए विवादास्पद अभिव्यक्ति

उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री तथा राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता  राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् । 

शनिबार राति विज्ञप्ति जारी गर्दै महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन् । 

‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, यसअघिको आफ्नो अभिव्यक्ति सच्याउँदै उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

 
महतोले शुक्रबार पदभार ग्रहणका क्रममा अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने बताएका थिए । उनको अभिव्यक्तिलाई लिएर अहिले चर्को विरोध भइरहेको छ । 

महतोको उक्त अभिव्यक्तिको सरकारकै नेतृत्व गरिरहेको नेकपा का विभिन्न नेताहरुले पनि गरिरहेका छन् भने शनिबार काठमांडौमा उक्त अभिव्यक्तिको बिरोधमा महतोको पुत्ला समेत दहन भएको थियो ।

60bc19a1be0aa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको