Like us!
Follow us!
Connect us!
Watch us!

मेराे डाक्टरकाे निःशुल्क स्वास्थ्य परामर्श

अर्थ संसार

आइतबार, २३ जेठ २०७८, १६ : ०२ मा प्रकाशित

मेराे डाक्टरकाे निःशुल्क स्वास्थ्य परामर्श

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्टिृय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) का प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई  मिदास टेक्नोलोजिकाे सहयाेगमा मेराे डाक्टरले निःशुल्क स्वास्थ्य परामर्श गर्ने भएकाे छ ।

कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका  लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी  च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न मेराे डाक्टर - Online Video Consultation  मार्फत कुनैपनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको  लागि निःशुल्क मिलाइएको हाे । 

मिदास टेक्नोलोजीले सञ्चालनमा ल्याएको मेराे डाक्टर (Telemedicine सेवा) मा २०० भन्दा  बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध हुनेछन् । बिरामीहरुले मोबाइल अथवा  ल्यापटपमार्फत्कुनै पनि समय र स्थानबाट मेराे डाक्टरमा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्नेछन् ।

मेराे डाक्टरबाट कसरी सेवा लिने ?  

१. बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट यो Telemedicine सेवा लिन सकिन्छ ।

२. यदि एन्ड्राेइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट ‘Mero Doctor’ एप डाउनलोड गर्न सकिन्छ ।

३. आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर ‘Mero Doctor’ एप डाउनलोड गर्न सकिन्छ ।

४. ल्यापटप वा डेक्सटपबाट यो सेवा लिन चाहेमा ‘www.merodoctor.com’ टाइप गरेर यो सेवा लिन  सकिन्छ । 

५. ‘Mero Doctor’ कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा www.merodoctor.com/help ले थप मद्दत गर्नेछ । 

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको