Like us!
Follow us!
Connect us!
Watch us!

मेरो डाक्टर एप १ लाखभन्दा बढी डाउनलोड

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, ११ : ५८ मा प्रकाशित

मेरो डाक्टर एप १ लाखभन्दा बढी डाउनलोड

मिदास टेक्नोलोजीको हेल्थकेयर एप “मेरो डाक्टर” ले स्थापना भएको ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्याको छ ।

सँगसगै, मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओ.पी.डी.टिकट बिरामीहरूले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरी आस्पतालका सेवा लिन सफल भएका छन् । यसरी घरबाटै अस्पतालको ओ.पी.डी. टिकट लिँदा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत भएको अनुभव सेवाग्राहीहरूले गरेका छन् । 

मिदास टेक्नोलोजी, स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दाबढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।

मेरो डाक्टरका सेवाहरु :

मेरो डाक्टर मोबाइल एप तथा वेभ (merodoctor.com) मार्फत अनलाइन टेलिमेडिसनका सेवाको साथै विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । मेरो डाक्टर मार्फत स्वास्थ्य सेवाहरू प्रयोग गरेर, कुनै पनि व्यक्तिले भिडियो परामर्श लिन, विशेषज्ञ तथा सामान्य चिकित्सकहरुसँग कुराकानी गर्न, निर्धारित औषधिहरू प्राप्त गर्न, अस्पतालको ओ.पी.डी. टिकट भुक्तानी गर्न, स्वास्थ्य प्रोफाइलहरू अद्यावधिक गर्न, वा आफनो मेडिकल रेकर्डहरू, कहीँ र कुनै पनि समयमा हेर्न सकिनेछ ।

मेरो डाक्टर मार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीले दैनिक रुपमा बिहान ७ः०० बजेबाट राती ९ः०० बजेसम्मको समयमा तत्काल निः शुल्क परामर्श लिन सक्नुहुनेछ । साथै, इच्छुक बिरामीहरुका लागि २ सय ५० भन्दा बढी विशेषज्ञ डाक्टरहरु मार्फत अनलाइन टेलि कन्सल्टेन्सी सेवा पनि उपलब्ध गराउँदै आएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको