Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकका २७ वाणिज्य बैंक कसको रिजर्भ कति ? खराब कर्जा कसको बढी

अर्थ संसार

सोमबार, २४ जेठ २०७८, ०६ : १० मा प्रकाशित

मुलुकका २७ वाणिज्य बैंक कसको रिजर्भ कति ? खराब कर्जा कसको बढी

नेपालमा हाल २७ वटा वाणिज्य बैंहरु सञ्चालनमा छन् । तीमध्ये २६ वटा बैंकहरुले सर्वसाधारणका लागि साधारण सेयर जारी गरी नेप्सेमा सुचिकृत छन् । राष्ट्रिय वाणिज्य बैंकले भने हालसम्म सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गरेको छैन । 

अहिले सबै बैंकहरुले तेस्रो त्रेमाससम्मको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । हामीले नेपालका २७ वाणिज्य बैंकहरुमध्ये कुन बैंकको रिजर्भ बलियो भनेर तुलनात्मक रुपमा अध्ययन गरेका छौं । 

जुन कम्पनीको जगेडा कोषमा बढि रकम छ, त्यो कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई बढी मुनाफा वितरण गर्न सक्छ भन्ने प्रक्षेपण गर्न सकिन्छ । तर सधैँ बलियो जगेडा कोष (रिजर्भ) भएका कम्पनीहरुले बढी मुनाफा वितरण गर्छन् नै भन्ने हुँदैन । संभावित जोखिमलाई मध्यनजर गर्दै यस्तो कोष खडा गर्रिको हुन्छ । यस्तो कोषको आकार हेरेर संस्थाले प्रतिकूल अवस्थालाई कसरी सामना गर्न सक्छ भन्ने देखाउँछ । कोषको आकार जति बलियो हुने बैंकहरुको जोखिम वहन क्षमता मजबुत हुन्छ । 

बैंकले पूँजी बृद्धि गर्दा लगानीकर्तालाई त्यही कोषबाट बोनस सेयर वितरण गर्न सक्छ । 

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा जगेडा कोषको आधारमा सरकारी स्वामित्वका बैंकहरु बलिया देखिएका छन् ।तेस्रो त्रैमाससम्म सबैभन्दा बढी रिजर्भको आकार नेपाल बैंक लिमिटेडको छ । यसको जगेडा कोषमा २१ अर्ब ५१ करोड रुपैयाँ सञ्चित छ ।

त्यस्तै सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकको पनि रिजर्भ कोषमा १७ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अर्को सरकारी स्वामित्वको बैंक कृषि विकास बैकको कोषमा १४ अर्ब १४ करोड रुपैयाभन्दा बढी रकम रहेको छ । यी तीन सरकारी बैंक सबैभन्दा बढि रकम रिजर्भ हुने वाणिज्य बैंकहरुको सुचिमा क्रमशः पहिलो, दोस्रो र चौथो नम्बरमा छन् । 

निजी क्षेत्रका बैंकहरुमध्ये जगेडा कोषका आधारमा नबिल बैंक बलियो देखिएको छ । नबिलको रिजर्भमा १७ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैकको रिजर्भमा पनि १४ अर्बभन्दा बढी रुपैयाँ सञ्चित छ । यता जगेडा कोषकै आधारमा सेञ्चुरी कमर्सियल बैंक सबैभन्दा कमजोर देखिएको छ । बैंकको कोषमा १ अर्ब ६० करोड रुपैयाँ मात्र छ ।

त्यस्तै तेस्रो त्रैमाससम्मा खराब कर्जा (एनपिएल) मा भने सबैभन्दा अगाडी राष्ट्रिय वाणिज्य बैंक देखिएको छ बैंकले लगानी गरको कुल कर्जाको ३.६२ प्रतिशत कर्जाले भाखा नाघिसकेको छ भने खराब कर्जा सबैन्दा कम भने एभरेष्ट बैंकको देखिएको छ  एभरेष्टको जम्मा ०.१२ प्रतिशत मात्र खराब कर्जा रहेको छ ।

अहिले नेपालका २ वाणिज्य बैकहरु इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकहरुका बिचमा मर्जरको प्रक्रिया अघि बढेको छ । मर्जर पश्चात बन्ने बैंक पूँजीका आधारमा नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने छ । 

यी दुई बैंकका बीचमा मर्जरपछि बन्ने हिमालयन इन्भेष्टमेन्टको जगेडा कोषको आकार पनि सबैभन्दा ठूलो बन्ने छ । हाल इन्भेष्टमेन्ट बैंकको रिजर्भमा १४ अर्ब १० करोड रुपैयाँ रहेको छ भने हिमालयन बैंकको रिजर्भमा ७ अर्ब ६६ करोड रुपैयाँ छ । यी दुबै बैंकहरुको मर्जरपश्चात बन्ने बैंकको रिजर्भको आकार अहिलेसम्मको विवरणअनुसार २१ अर्ब ७७ करोडको बन्ने छ । 

हामीले बैंकहरुको जगेडा कोषसँगै खराब कर्जाको अबस्थासमेत खोजेका छौं  । नेपालका वाणिज्य बैंकहरुको चुक्ता पुँजी, रिजर्भको आकार र खराब कर्जा (एनपिएल) को अवस्था तालिकामा प्रस्तुत गरेका छौं ।

60bcfbd59fd7f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको